राजनीति

नेकपाका अध्यक्षद्वय मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा



काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता सुरु भएको जनाइएको छ ।

बिहिबार पनि उनीहरूबीच छलफल भएको थियो । यसअघि मंगलबार पेरिस डाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो । अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय खाली रहेका छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्बाङले सम्हालेका छन् । भदौ २६ गतेको स्थायी कमिटीको निर्णय अनुसार सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको थियो ।