अर्थ

आधुनिक प्रविधिमा फड्को मार्दै ग्लोबल बैंक



काठमाडौँ, ४ असार । प्रविधिको विकास र विस्तारसँगै विश्वलाई एउटा सानो घेरामा आम नागरिकले राख्न पाउने र आफ्नो अविष्मणीय पलहरुलाई स्टोरेज गरी राख्न पाउने विकास भइसकेको छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको साथ साथै बैंक तथा वित्तिय संस्थाहरुले समेत नेपाल सरकारको अभियान ‘डिजिटल नेपाल’लाई सफल बनाउन एक पछि अर्को गर्दै प्रविधिमैत्री कारोवारलाई अगाडी बढाइरहेका छन् । जसमा ग्लोबल आइएमई बैंकको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

ग्लोबल बैंकले ग्राहकको अविष्मरणीय पलहरु तथा आफ्नो रोजाईलाई आफ्नो डेबिट कार्डसँगै जोड्ने प्रविधिको विकास गरेको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तरगत ग्राहकको जीवनमा घटेको फरक अनुभुती र अविष्मरणीय पलहरुलाई आफ्नो डेबिट कार्डमा आफै तस्विर राख्न पाउने बैंकका ट्रान्जेक्सन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकहरुको व्यक्तिगत रोजाई, फरक अनुभुती तथा जीवनको पल पलका यादहरुको स्मरण गराउने गरी आफ्नो डेबिट कार्डमा तस्विर राख्न सकिने गरी विकास गरेको छ । यसले कुनै पनि मेमोरीमा राखेको आफ्नो तस्विरहरुलाई भन्दा फरक ढंगले एटीएम कार्डमा नै सुरक्षित राखी मानिसले फरक अनुभुती खोजिरहेकोलाई पुरा गर्ने प्रयास गरेका छौं । आशा छ, ग्राहकले उक्त अनुभुती प्राप्त गर्नुहुनेछ, जसले गर्दा बैंकलाई थप उर्जाका साथ आगामी दिनमा अझ विस्तृत र प्रविधियुक्त तवरले अगाडी बढ्नेछौं ।’

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस्ता विभिन्न योजनाहरु ल्याउने गरको छ । उक्त योजना अगाडी बढाएसँगै अब ग्लोबल बैंकमा कारोवार गर्ने ग्राहकले आफ्नो रोजाईको तस्विर आफ्नो एटीएम कार्डमा राख्न पाउने भएका छन् । यस प्रकारको प्रविधिको विकास नेपालको लागि पहिलो भएता पनि विकसित मुलुकहरुमा भने यसको प्रयोग भइसकेको छ । जुन आम नागरिकको रोजाई समेत बनेको छ । नेपालका अन्य कुनै पनि बैंकहरुले आफ्नो रोजाईको तस्विर डेबिट कार्डमा प्रयोग गर्न पाउने व्यवस्था गर्न सकेका छैनन् ।

‘समय सापेक्ष रुपमा ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई ध्यान दिँदै नयाँ नयाँ प्रविधिको साथमा आधुनिक योजनाहरु सार्वजनिक गर्ने गरेको छ’, बैंकका सिनियर डिसिओ महेश शर्माले भन्नुभयो, ‘नेपाल सरकारले ल्याएको डिजिटल नेपाल निर्माणको अभियानमा समेत बैंकले ल्याएको सुविधा ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाले बैंकका ग्राहक वर्गहरुलाई आधुनिक प्रविधिको विकासमा टेवा पुग्ने विश्वास लिएका छौं । जीवनको अविस्मरणीय यादहरुलार्ई पलपल सम्झना दिलाउनेछ । आफुले स्टोरेज गरेर राखेको ड्राइभमा खोजिराख्नु पर्ने झन्झटबाट मुक्त गराउने छ ।’

बैंकले उक्त योजना आगामी तीन दिनभित्रमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त कार्डको समायवधी अन्य कार्डको जस्तै पाँच वर्षनै हुने र कार्ड बापत बैंकले ग्राहकबाट रु सात सय ५० रुपैंया लिइने बैंकका ट्रान्जेक्सन डिपार्टका असिस्टेन्ट स्वीकार श्रेष्ठले जानकारी दिनुभयो ।

कसरी उक्त डेबिट कार्ड एप्लाई गर्ने ?

ग्राहकले उक्त सुविधाको प्रयोग गर्दा बैंकको वेबसाईट मार्फत अनलाईनबाट आवेदन दिनुपर्ने छ । त्यसपछि ग्राहक वेबसाईटमा पूर्व डिजाईनहरु भर्चुअल रुपमा हेर्न र आफुलाई मन पर्ने कार्डको डिजाइन छनौट गर्न सक्नेछन् । उक्त छनौट गरिएको डिजाईनमा आफुले चाहेको तस्विर छनौट गरी एप्लाई गर्न सकिने छ । त्यसपछि बैंकले आफ्नो नियम अनुसार तस्विर प्रमाणीत गरी आफुले छनौट गरिएको बैंकको शाखाबाट उक्त डेबिट कार्ड लिने सकिने बैंकले जनाएको छ । अनलाईनबाट एप्लाई गरिएको उक्त डेबिट कार्ड तत्कालै ग्राहकले हेर्न पाउने व्यवस्था समेत रहेको छ ।

बैंकको ग्राहकसँगको सेवा विस्तार

बैंकले हालसम्म बैंकिङ्ग सेवाको पहुँच ७६ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यस्तै बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेविया, कतार, युएई, बहराईन, कुवेत, भारत, जोर्डन, हङ्कङलगायतका मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।