अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।