अर्थ

चालू पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा राष्ट्र बैंक लचक बन्दै



काठमाडौँ, १५ असोज । नेपाल राष्ट्र बैंकले केही लचकतासहित चालू पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

७ भदौमा चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै १ कार्तिकदेखि कार्यान्वयन गर्न निर्देशन दिएको केन्द्रीय बैंकले १४ असोज २०७९ मा एक परिपत्र जारी गर्दै केही पछि हटेको छ । राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको बुँदा नम्बर ७ मा भएको व्यवस्था एक वर्षपछि मात्रै लागू हुने जनाएको छ ।

उक्त बुँदामा चालू पूँजी कर्जाको भेरियन्ससम्बन्धी व्यवस्था रहेको छ । जसको सुरूमा नै ऋणीले पेस गरेको वास्तविकता नजिक हुनेगरी मात्रै कर्जा दिनुपर्ने उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।