विचार/ब्लग

यात्रा संस्मरण: जापानकाे प्रकृति, संस्कृति र समृद्धिकाे अनुकरणीय नमुना



तेजबहादुर ढकाल

डुलघुम भनेकाे मनाेरन्जन मात्र नभै अध्ययन पनि हाे । याे खुल्ला किताव जस्तै हाे । जाे घरमा बस्छ, उसले कितावकाे एउटा पाना मात्र पढेकाे हुन्छ । जब पानाहरु पलटिदै जान्छन् तव हाम्रा ज्ञानका क्षितिजहरु पनि फराकिला हुँदै जान्छन् ।

भरखरै म जापानकाे हाेकाईदाे घुमेर फर्किएँ । त्याे ठाऊँमा याे मेराे दाेस्राे भ्रमण हाे । त्यहाँ हाम्रा इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड हाेटल मेनेजमेन्टका विद्यार्थीहरु १ वर्षका लागि ईन्टर्नसिप गरिरहेका छन् । त्यसैकाे अनुगमनका सिलसिलामा हाम्राे टाेली त्यहाँ पुगेकाे हाे ।

हाेकाईदाे जापानकाे उत्तरी भागमा अवस्थित भूभाग हाे । टाढा त हाे तर दुर्गम भने हाेईन । प्राकृतिक तथा सांकृतिक स्राेतले भरिपूर्ण याे ठाउँमा पर्यटन विकासका अनुकरणीय नमूनाहरु देख्न पाईन्छ । जसलाई अनुकरण गर्न सके नेपालले पनि समृद्धि हासिल गर्न सक्दछ ।

त्याे ठाउँकाे विकासकाे महत्वपूर्ण पूर्वाधार भनेकाे चुरुगा रिसाेर्ट हाे । हेर्दा ब्यापार जस्ताे देखिने याे रिसाेर्ट आफैमा एउटा बृहत संग्राहलय पनि हाे । हाम्रा नेपालका राउटे जस्तै स्थनीय आदिवासीहरुकाे ईतिहास, कला र संस्कृति झल्किने कलाकृतिहरुले सजाएकाे उक्त रिसाेर्टमा आवासका सामाग्री, खानाका परिकारदेखि त्यहाँ बस्ता लगाउने पहिरनसम्म स्थानीय आदिवासीहरु सँग मिल्दाेजुल्दाे रहेछ ।

राेचक कुरा त त्यहाँकाे प्रकृतिकाे संरक्षण, विकास र उपयाेग अति नै उत्कृष्ट रहेकाे छ । जव वर्षा लाग्छ तव उनीहरु त्याे विशाल तालमा माछा मार्ने र पानीजहाज तथा डुंगाहरुमा पर्यटकहरुलाई सयर गराउँदछन् । जव हिउँद लागेपछि चीसाेले तलाउ जम्दछ तव उनीहरु स्की, आईस स्केटिङ र हिउँमा ड्रिल गरि दुलाे पारी माछा मार्ने पर्यटकहरुकाे भिड लगाउँदछन् । यसरी उनिहरुले संकृति र प्रकृतिलाई पर्यटन विकाससँग जाेडि समृद्धि हासिल गरेका रहेछन् । स्थानीय जनताका अम्दानी र राेगारीकाे सुनश्चितता गरेका रहेछन् । जापान बाहेक दर्जनाैं देशका नागरिकहरु त्यहाँ राेजगारी गरिरहेका छन् ।

हामी नेपालीहरु पनि प्रकृति, धर्म र संकृति, भाषा तथा कला,पहिरन तथा खानपान जस्ता कुरामा औधि धनि छाैं । तर अर्थिक रुपमा भने गरिब छाैं । हाम्राे प्रकृति र संस्कृतिलाई आर्थिक समृद्धिसँग जाेड्ने भनेकाे पर्यटन नै हाे । यस तर्फ सरकार र ब्यावसायिहररुकाे सहकार्य अति जरुरी छ । यिनीहरुकाे सम्बन्ध नङ र मासुकाे जस्ताे हुनु पर्नेमा जाेगी र भैसीकाे जस्ताे एउटालाई देख्दा अर्काे तर्सिने खालकाे छ । सरकार पनि सरकारी तथा निजी साझेदारीकाे नै वकालत गर्दछ तर नयाँ व्यावसाय खाेल्ने भन्दा नियमनका नाममा कडा नियम बनाई भएकै व्यावसाय पनि बन्द गर्न लागेकाे देखिन्छ । यहाँ आशय नै गलत हाे वा विज्ञताकाे कमी हाे छुट्याउन गाराे छ । यसलाई दुबै पक्षले बीना आग्रह र पूर्वाग्रह एक्यबद्धता जारी गरि ब्यवहारमा उतार्न सके नेपालकाे बेराेजगारीकाे समस्याकाे दीगाे सामधान र आर्थिक समृद्धिकाे सपना एकैसाथ पूरा हुनेछ ।

काठमाडौँ, भाद्र २९, २०८०