मनोरञ्जन

इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’



काठमाडौँ, २१ असोज । नेपालकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा गोल्डेन माइक जिएकी छन् ।

उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।

तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । झापाको हल्दीबारीमा जन्मिएकी मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् ।