मनोरञ्जन

शाहरुख खानको सम्पत्ति १३ अर्ब रुपैयाँले बढ्यो



मुम्बई, १६ कार्तिक । बलिउड अभिनेता खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ ।

गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् । शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु  कमाएका थिए ।