मनोरञ्जन

गायक योगेश वैद्यको निधन



काठमाडौँ, ५ माघ । अग्रज गायक योगेश वैद्यको निधन भएको छ ।

‘सपना भुलाई सारा…’ लगायत दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । 

लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए । उनको अन्तिम श्रद्धान्जलिका लागि तयारी गरिरहेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।