राजनीति

पीएचडी गरिरहेका विद्यार्थीलाई शोधपत्र बुझाउने समय थप



काठमाडौँ, ३ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको छ । 

शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो । 

अन्तिम पटकको लागि समयावधि थप गरिएकोले विद्यावारिधि शोधार्थीले शोध निर्देशकको निर्देशनमा आफ्नो अनुसन्धान कार्य सम्पन्न गर्न भनेको हो । नियमानुसार लाग्ने सम्पूर्ण शुल्क चुक्ता गरी मिति २०८१ चैत्र मसान्त सम्ममा विद्यावारिधि शोधप्रवन्ध मौखिक परीक्षाका लागि बुझाउनुपर्ने डीन प्राडा चित्र बहादुर बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।