विश्वयुद्धमा मृत्यु भएका ६० हजार नेपालीकाे स्मृतिमा समाधिस्थल निर्माण हुँदै

लेखनाथ, १६ असोज । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ । पाँच अर्ब रुपैयाँको गुरुयोजना बनाइ साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार् तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रस्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए । पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको…