तिहारमा एक किसानले बेचे ७ लाख रुपैयाँको सयपत्री

चितवन, १६ कार्तिक । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेच्नुभएको हो । गएकाे वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो ।…