काठमाडौँ, २९ माघ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकारी दिए । विधान अधिवेशन भोलि (मंगलबार) बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने उनले बताए…