स्काउटको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौँ, २३ माघ । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गरेका…