काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान निर्माणको क्रममा देशलाई जातीय राज्यका नाममा विभाजन गर्ने षडयन्त्रलाई एमालेले असफल पारेको र त्यसमा स्व. सुवास नेम्वाङको योगदान महत्वपूर्ण रहेको वताउनुभएको छ । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित…