काठमाडौँ, ७ माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा बन्द भएको हो । यस दिन ६ अर्ब ५७ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आइतबारको तुलनामा कारोबार रकममा वृद्धि भएको हो…