कालिकोट, ४ चैत । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो । नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई…