ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन

काठमाडौँ, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।…