नागढुंगा सुरुङमार्गमा सवारीबाट वार्षिक ३५ करोड उठाउने लक्ष्य

काठमाडौँ, ३० वैशाख । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कात्तिकसम्म निर्माण सकेर सवारीसाधन सञ्चालन गर्ने तयारी सरकारको तयारी छ । सुरुङ सञ्चालन गर्न लाग्ने वार्षिक करिब ३५ करोड उठाउन सवारीसाधनको शुल्क निर्धारण प्रक्रिया अघि बढाइएको छ । सडक विभागले सुरुङ सञ्चालन खर्चअनुसार शुल्क प्रस्ताव गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो । मन्त्रालयले शुल्कको प्रस्ताव सडक बोर्ड नेपालमा पठाएको छ ।…