महासङ्घ कार्यालयको ताला तीन दिनपछि खुल्यो

काठमाडौँ, ६ फागुन । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै…