आइतवजार नजिक जीप दुर्घटना हुँदा पाँच जनाको निधन

डडेल्धुरा ४ फागुन । डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । आज बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।…