काठमाडौँ, २ कार्तिक । चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । वितरक गोविन्द शाहीका अनुसार ‘१२ गाउँ’ले एक हप्तामा १० करोड ५ लाख कलेक्सन गरेको छ । त्यसयताको कलेक्सन रिपोर्ट केही दिनमा सार्वजनिक गर्ने उनले…