नेपालबाट बर्ड फ्लु (एच५ एन१)को परीक्षणका लागि एक सय ७९ जनाको घाँटीको र्याल (थ्रोट स्वाब) नमुना संकलन गरी जापान पठाइएको छ । नेपालमा बर्ड फ्लु (एच५ एन१) बाट एकजनाको मृत्युभएपछि उनको उपचारमा संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा उनको नजिक रहेका एक सय ७९ जनाको नमुना संकलन गरी परीक्षणका लागि जापान पठाइएको हो । स्वास्थ्य मन्त्रालय…