चितवन, २ भदौ । जिल्लामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको हो । एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम…