स्त्रीरोग स्वास्थ्य शिविरमा डेढ सय भन्दा बढी महिला लाभान्वित

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिका–३५ तीनकुनेमा सोमबार स्त्रीरोगसम्बन्धी बृहद् स्वास्थ्य शिविरको आयोजना गरियो । स्थानीय एकीकृत उपभोक्ता समिति र सामुदायिक विकास समितिको संयुक्त पहलमा आयोजना गरिएको उक्त शिविर ट्रिटन कलेजको हातामा सञ्चालन गरिएको थियो । उक्त शिविरबाट एकसय ५० भन्दा बढी महिला लाभान्वित भएका थिए । शिविरमा खासगरी पाठेघर, क्यान्सर, प्रसूतिलगायत बिरामीको विस्तृतरुपमा परीक्षण…