थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ५ माघ । धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।