काठमाडौँ, ३ माघ । बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको शुक्रबार मृत्यु भएको हो । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।…