काठमाडौँ, १ माघ । झापाको कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १२ जना घाइते छन् । प्रहरीका अनुसार आज बिहान मे१च ४५१५ नम्बरको मालवाहक गाडी र ना५ख २१४९ नम्बरको बस एकापसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ…