काठमाडौँ, १९ जेठ । अछाममा सोमबार साँझ करिब ५:०० बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ…