काठमाडौँ, १७ जेठ । सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–६ का ४० वर्षीय राकेश बस्नेतसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । राकेश चौतारा साँगाचोकगढी–५, नवलपुर चोकस्थित संकल्प होटेल एन्ड भोजनालयका सञ्चालक हुन् । उक्त होटेलको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । नगद…