कालोबजारीको आरोपमा ४ जना औषधी व्यवसायी पक्राउ

जनकपुर, १० चैत । कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनगुमनको क्रममा जनकपुरधाम वडा नम्बर ४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा वडा नम्बर ८ बस्ने संयज साह, जनकपुरधाम वडा नम्बर ८ स्थित भ्रमरपुरा…