बमले घर उडाइदिने धम्की दिने एक जना पक्राउ

काठमाडौँ, १९ भदौ । बमले घर उडाइदिने धम्की दिएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्तोष कडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो…