गुल्मी, ६ साउन । स्याङ्गजाबाट गुल्मी आएकी १३ वर्षीय बालिका कालिगण्डकीमा डुवेर बेपत्ता भएकी छन् । आइतबार स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी-२ की १४ वर्षीया कमला विक आफ्नी सानिआमाको घर गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा आएकी उनी नुहाउने क्रममा डुवेर बेपत्ता भएकी हुन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।