काठमाडौँ, १० बैशाख । मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ठक्करबाट मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका–४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई…