काठमाडौँ, १३ जेठ । आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल । मेष: दिन धेरै राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा सहकर्मीले साथ दिनेछन्। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष: राज्यले सम्मान गर्नेछ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। आम्दानीका स्रोत प्रशस्त भएकाले कृषितर्फको व्यापारमा मिहिनेत…