लागुऔषधसहित सात जना पक्राउ

बाँके, ७ जेठ । लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट पक्राउ गरेको हो । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ । नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल…