काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ । काठमाडौँमा नेपालय इन्टरनेशनलले पत्रकार सम्मेलन गरी ५० ओभरको हुने प्रतियोगिता जेठ एकदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ…