लागुऔषधसहित ६ जना पक्राउ

धनगढी, २८ जेठ । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको छ । उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन…