उदयपुर, २८ चैत । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बेलका नगरपालिका–९ भचुवा स्थितबाट सोही स्थान बस्ने वर्ष २१ को दिवस विकको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० मिलिग्राम फेलापारि उक्त लागू औषधसहित निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ…