काठमाण्डौ,१५ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ । आयोगका पदाधिकारीहरुले शुक्रबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको स्थलगत भ्रमण गरी मतपत्र छाप्ने जिम्मा दिएका हुन् । जनक शिक्षा केन्द्रले पनि वैशाख ३१ गतेभन्दा केही दिन अघि नै मतपत्र छापेर आयोगलाई उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको छ…