काठमाडौँ, १६ फागुन । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो । गत ७ फागुनमा सुनसरीको कोशी गाउँपालिका-६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । त्यसका एकसाता पछि अर्थात १३ फागुनमा दुहबी नगरपालिका–९ र १० मा अफ्रिकन स्वाइनफ्लु भेटिएको…