साँढेले कुल्चिँदा एक महिलाको मृत्यु

काठमाडौँ, २६ साउन । सडकमा जुधिरहेका छाडा चौपायाले कुल्चिँदा बुटवलमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चिँदा ज्यान गएको हो । सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडिरहेकी सीतालाई कुल्चिएको…