आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

काठमाडौँ, १६ असार । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ । मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाउन लागिएको हो । निकुञ्जले हरेक वर्ष बर्खायाममा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष…