सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका कर्मचारी मृत फेला

काठमाडौँ, ११ जेठ । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।…