काठमाण्डौ,७ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतमाथिको छलफलका भाग लिँदै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गर्दै उनले भने – सिंगो देश र संसदले…