काठमाडौ १६ चैत । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताए ।शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाहरू…