काठमाडौँ, १७ चैत । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको…