ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ७ चैत । भरतपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।  प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको…