काठमाडौँ, ८ चैत । क्यास एप एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सर्लाहीको ब्रम्हपुरी नगरपालिका–७ घर भई काठमाडौंको टोखा नगरपालिका–६, मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामवीर ठाकुर, मोरङको बेलबारी नगरपालिका–१० घर भई टोखा बस्ने २२ वर्षीय प्रमिश श्रेष्ठलाई पक्राउ गरेको हो । त्यस्तै, बुढानिलकण्ठ नगरपालिका–१२…