काठमाडौँ, ६ चैत । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौँ तेस्रो नम्बरमा परेको छ । वायु प्रदूषणको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहान ११ः४५ बजेको लाइभ अपडेटअनुसार काठमाडौँ तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ । सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू एयरको तथ्यांक छ । त्यहाँ प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स)…