दाङ, ३ चैत । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो । लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको हो ।…